यी हुन् साउदी शाही परिवारका पाँच ‘डर्टी सिक्रेट’, जसबारे धेरैलाई थाहा छैन

कतारसँग हरेक प्रकारको सम्बन्ध समाप्त गरेको र नयाँ युवराजाधिराज नियुक्त गरेको साउद िअरबको शाही परिवारको चर्चा अहिले निकै चुलिएको छ । साउदी शाही परिवारलाई संसारको सबैभन्दा धनी शाही परिवारमा समावेश गरिन्छ । साउदी परिवारले प्रयोग गर्ने सुनको जलप लगाइएको कार, शानदार पार्टी र उनीहरुको महँगो जीवनशैली संसारभरी चर्चित छ ।

शाही परिवारको तर्फबाट दिइने महँगो पार्टीदेखि विवाह र ब्रेकअप, यी सबै कुरा मिडियामा चर्चाको विषय बन्ने गर्दछ ।

यी शाही खानदानका केही ‘डर्टी सिक्रेट’ पनि छन् । उक्त सिक्रेटमा हत्या, तस्करी, फिरौती, यातना र बलात्कारजस्ता सामग्री समावेश हुन्छन् ।

द रिचेस्टको सहयोगमा आज हामी तपाईंलाई साउदी अरबबारे यस्ता गोप्य कुराबारे जानकारी दिँदै छौ जुन त्यहाँका शाही परिवारले कहिले पनि सार्वजनिक नहोस् भन्ने चाहना राख्छन् ।

आखिर कति छ साउदी शाही परिवारको सम्पत्ती ?

मिडिया रिपोर्टका अनुसार साउदी अरबको शाही राजपरिवार करिब १.४ ट्रिलियन डलर (१ लाख ४० हजार करोड रुपैयाँ) । यो थुप्रै अफ्रिकी देशको अर्थतन्त्रभन्दा पनि धेरै हो । साउदी अरबका शीर्ष १० धनी व्यक्तिमा सबै शाही खानदानका हुन् ।

सन् २०१५ को फोर्ब्स लिष्टमा साउदी प्रिन्स अल वालिद बिन तलालको नेटवर्थ ३५ अर्ब डलर बताइएको थियो । उनी संसारका ३५ औं धनी व्यक्ति थिए । यस्तै राजा सलमानको नेटवर्थ १६ अर्ब डलर थियो । शाही परिवारको यो आम्दानी उक्त देशबाट गरिने तेल र प्राकृतिक ग्याँसको निर्यातबाट हुने गर्दछ ।

१. जब साउदी शाही परिवारले आफ्नै राजकुमारीको हत्या गराएः

समयः सन् १९७७

घटनाः

साउदी शाही परिवारले आफ्नै एक राजकुमारीको हत्या गराएका थिए । राजकुमारी मशाह अलको विवाह उनको इच्छा विरुद्ध आफ्नै काकाको छोरासँग गराइएको थियो । माशा त्यसपछि पढाईका लागि बेरुत गइन् । त्यहाँ उनको भेट साउदी राजदूतका छोरा खालिदसँग भयो । माशाह र खालिदबिच प्रेम बस्यो ।

साउदी शाही परिवारले यसको विरोध गरे । पछि बेरुतको एक कार पार्किङमा खालिदको अगाडि नै माशाको टाउकोमा गोली हानियो भने पछि खालिदको शिर छेदन गरियो । यो काम सबै शाही परिवारको आदेशमा गरिएको बताइयो । पछि माशामाथि डकुमेन्ट्री पनि बन्यो ।

२. राजकुमारले एक रातका लागि किम कार्दासियनलाई १ करोड डलरको अफर गरे (सन् २०१६)

घटनाः

साउदी अरबका राजकुमार सलमानले एक रात बिताउनका लागि चर्चित अमेरिकी टिभी सेलिब्रिटी किम कार्दासियनलाई १ करोड डलरको अफर दिएका थिए ।

कार्दासियनका श्रीमान कान्ये वेस्टले आफूमाथि ५.३ करोड डलरको ऋण भएको भन्दै एक ट्वीट गरेका थिए । यसबारे जब राजकुमारलाई सोधियो तब उनले भने, ‘मलाई कान्येप्रति कुनै रुची छैन तर यदि उनले आफ्नी श्रीमती (किम कार्दासियन) लाई एक रातका लागि मलाई सुम्पिए १ करोड डलर दिनसक्छु ।’

राजकुमारको यो बयान पश्चिमी मिडियामा निकै चर्चित भएको थियो । यद्यपी, सलमान त्यतिबेला साउदी अरबका युवराजाधिराज थिएनन् ।

३. जब राजकुमारले नै गरे आफ्नो गे पार्टनरको हत्या (सन् २०१०)ः

घटनाः

राजकुमार सउदी बिन अब्दुल अजिजले आफ्ना गे पार्टनरको हत्या गरे । उक्त हत्या बेलायतमा गरिएको हो । जसका कारण यो कुरा संसारभरी फैलियो ।

हत्या गरेको आरोपमा बेलायती अदालतले उनलाई आजीवन कारावासको सजायँ सुनायो । यद्यपी, पछि उनलाई साउदी अरब पठाइयो । उनी स्वतन्त्र छन् । स्मरण रहोस्, साउदी अरबमा गे हुनु अपराध हो र यो कानून शाही परिवारले नै बनाएको हो ।

४. राजकुमारको नीजि विमानमा भेटियो थुप्रै टन कोकिन (सन् २००४)ः

घटनाः

साउदी अरबका क्राउन प्रिन्स नयाफ बिल अल फवाजलाई दक्षिण अमेरिका र यूरोपमा लागुऔषधको तस्करीका लागि अमेरिका र फ्रान्सले अपराधी घोषित गर्यो ।

प्रिन्सले आफ्नी मेक्सीकन प्रेमिकासँग मिलेर तस्करी गरिरहेका थिए । लेबनन एयरपोर्टमा उनको नीजि विमानमा करिब दुई टन कोकिन बरामद गरियो । साउदी अरबको आग्रहपश्चात् उनलाई रिहा गरियो ।

५. जब राजकुमारले कामदारको गरे बलात्कार (सन् २०१५):

घटनाः

साउदी प्रिन्स माजिद बिन अब्दुल्लाह अब्दुल अजिज सन् २०१५ मा अमेरिकाको न्यूयोर्क शहरमा बसेका बेला उनले होटल रुममा एक कामदारमाथि बलात्कार गरे । मुद्दा अदालतसम्म पुग्यो । यद्यपी, पछि साउदी अरबले आफ्नो प्रभावको प्रयोग गर्दै राजकुमारलाई रिहा गराउन सफल भयो । राजकुमारविरुद्ध आरोप लगाउने कामदारले पछि मुद्दा फिर्ता लिइन् ।

६. जब राजालाई आफ्नै भतिजोले गरिदिए हत्या (सन् १९७५):

घटनाः

किंग फैसल सन् १९७० ताका साउदी अरबका राजा थिए । उनी जनताबिच निकै चर्चित भएको बताइन्छ । यद्यपी, उनी राजा भएको प्रिन्स मसूदलाई मन परेको थिएन ।

एक दिन किंग फैसल सर्वसाधारणसँग भेटिरहेका थिए त्यतिबेला प्रिन्स मसूदले उनलाई अगाडिबाट गोली हानिदिए । प्रिन्सले किंगमाथि तीनवटा गोली हाने । किंगको तत्काल मृत्यु भयो । श्रोत: रतोपाटी
साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *