अचानक नयाँ भेषमा देखिए पारस शाह, हेर्नुस् तस्वीरहरु

काठमाडौं, १६ माघ । पूर्वयुवराज पारस शाह अचानक पशुपति मन्दिर दर्शनमा निस्किए ।

मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए । गुहेश्वरीमा उनले १० मिनेट पुजा गरेका थिए भने पशुपतिनाथमा १५ मिनेट बिताए ।

आफ्ना समर्थकहरुका साथ पुजाआजामा निस्केका पारस मंगलबार भने नयाँ भेषमा देखिएका थिए । पहिले भन्दा केही मोटाएको जस्तो देखिने पारसले उलनको लामो कोट लगाएका थिए । उनको टाउकोमा कालो चश्मा थियो भने सदाझैँ कपालको चुल्ठो बाँधिएको थियो । उनको खुट्टामा सामान्य चप्पल थियो । लामो दाह्री पालेका पारसको घाँटीमा रुद्राक्षका मालाहरु थिए ।

पशुपतिमा उनले पुजा गरिरहँदा उनका समर्थकहरुले भने राजतन्त्रको माग गर्दै नाराबाजी गरेका थिए ।




साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *