आगामी महिना अमेरिकामाथि परमाणु आक्रमण हुन सक्ने अमेरिकी भनाइ

न्यूयोर्क। अमेरिका र उत्तर कोरियाबीच विगत केही वर्षदेखि तनाव जारी छ। पछिल्ला दिनमा दुवै देशका राष्ट्राध्यक्षबीच वाक युद्ध चलिरहेको छ। तर, यो बीचमा अमेरिकाबाट निकै चिन्तित गर्ने प्रकारको समाचार आएको छ। अमेरिकी खुफिया एजेन्सी सीआईएका प्रमुखले आगामी महिना उत्तर कोरियाले अमेरिकामाथि परमाणु आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

एक अन्तर्वातामा सीआईए निर्देशक म्याक पोम्पपियोले उत्तर कोरियासँग खतरनाक न्यूक्लियर मिसाइल भएको र ती मिसाइलमार्फत अमेरिकामाथि आक्रमण गर्न सक्ने बताएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनले आफ्नो खुफिया एजेन्सी लगातार प्योङयाङ र नेता किम जोङ–उनबाट संभाविभ खतराका विषयमा चर्चा गरिरहेको बताए।

उत्तर कोरियाले २०१७ मा २० भन्दा धेरै ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ। किम जोङ–उनले पनि नयाँ वर्षमा सेनालाई ठूला स्तरका न्यूक्लियर हतियार बनाउन आदेश दिएका थिए।

अन्तर्वाताका क्रममा माइकल पोम्पियोले भने, ‘हाम्रो काम भनेको सबै इन्टेलिजेन्स रिपोर्ट राष्ट्रपति ट्रम्प समक्ष पुर्याउने हो। ताकि समयमै खतरासँग जुध्न सकियोस्।’ पोम्पियोले सो अन्तर्वाताका क्रममा अमेरिकाले उत्तर कोरिया विरुद्ध बल प्रयोग गर्यो भने सो क्षेत्रमा निकै ठूलो जनधनको क्षति हुने चेतावनी पनि दिएका छन्। जहाँ अमेरिकाका दुई सहयोगी देश जापान र दक्षिण कोरिया अवस्थित छन्।

‘उत्तर कोरियालाई गम्भीर नजिताका विषयमा पूरै जानकारी छ। तर जब किम जोङ–उनलाई हटाउने वा अमेरिकामाथि परमाणु आक्रमणको क्षमता कम गर्ने हो भने त्यसकालागि धेरै कुरा संभव हुन्छ।’

साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *