जनकपुरदेखि जयनगरसम्म रेलमा सरर, पूरा हुदै सपना

जनकपुरदेखि जयनगरको कुर्थासम्मको ३५ किलोमिटर रेलवे लाईनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने गरि निर्माण थालेको रेल विभागले रेल गुडाउन आवश्यक पूर्वाधारको निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो ।

भारत सरकारको १० अर्ब लागतमा निर्माणधिन रेलवे लाइनमा निर्माण पश्चात् जनकपुरदेखि जयनगरसम्म प्रति घण्टा १०० किलोमिटर गुड्ने छ । रेल जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म सञ्चालन हुनेछ । विभागले इलेक्ट्रोनिक इञ्जिनियर सन्तकुमार महर्जन र मेकानिकल इञ्जिनियर नवराज भट्टलाई रेलबारे थप अध्ययनका लागि चीन पठाएको छ । उनीहरुले चीनमा दुईदिनसम्म रेलबारे तालिम लिने विभागले जनाएको छ ।

नेपालमा निर्माण हुने रेल वे नेटवर्क भने ब्रोडगेजको हो । यो खण्डमा सन् २०१८ को अक्टोबर महिनासम्ममा रेल गुडाउने तयारी सहित काम अघि बढिरहेको रेल विभागका मेकानिकल इञ्जिनियर रोशन कुमार देवले बताए । हाल रेल वे लाइनमा ढुंगा राखेर स्लिपर हाल्ने काम जारी छ । त्यसपछि पुलहरुको गर्डर हाल्ने काम हुनेछ । स्लिपरमाथी रेलको लिक राखिन्छ । ठाउँ ठाउँमा क्रसिङ लाइन राखेर आउने जाने रेलको ट्राफिक व्यवस्थापन गरिनेछ ।
साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *